घर वहाल मञ्च चितवनको पद हस्तान्तरण र उपसमिति गठन
भरतपुर – नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण गरिएको छ । मञ्चको निवर्तमान कार्यसमितिले नवनिर्वाचितव कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । बिहीबार सम्पन्न पुर्व कार्यसमिति र नवनिर्वाचित कार्यसमितिको संयुक्त वैठकमा पुर्व अध्यक्षहरुको रोहवरमा पद हस्तान्तरण गरिएको थियो ।
पुर्व अध्यक्ष श्रीराम गिरी, हरि शर्मा पौडेललगायतको सहभागिता रहेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष ख्याम नारायण पराजुलीले नवनिर्वाचित अध्यक्ष जनकलाल कट्टेललाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा निवर्तमान प्रथम उपाध्यक्ष दिपक पौडेल र उपाध्यक्ष गणेश प्रसाद पौलेलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्ष विक्रम सापकोटा, उपाध्यक्ष दिपा शाहीलाई पदहस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान महासचिव जनकलाल कट्टेलले नवनिर्वाचित महासचिवमा सुरेन्द्र के.सी., सचिव रामबन्धु पौडेलले नवनिर्वाचित सचिव बुद्धि सागर सापकोटा, निवर्तमान कोषाध्यक्ष विमला अधिकारीले कोषाध्यक्ष नेत्र प्रसाद शर्मालाई पद हस्तान्तरण गर्नु भएको थियो ।
पदहस्तान्तरण पछि सम्पन्न नेपाल घर वहाल मञ्च चितवनको पहिलो बैठकले कार्यविभाजन सहित विभिन्न उपसमिति गठन गरेको छ । वैठकले वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विवाद समाधान उपसमिति, प्रथम उपाध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सदस्य विस्ता तथा नविकरण उपसमिति, उपाध्यक्ष दिपा शाहीको संयोजकत्वमा विभिन्न व्यवसायि संघ तथा इकाई समन्वय उपसमिति, महासचिव सुरेन्द्र केसीको संयोजकत्वमा सुचना तथा संचार उपसमिति, सचिव बुद्धिसागर सापकोटाको संयोजकत्वमा सामाजिक संजाल उपसमिति, कोषाध्यक्ष नेत्र प्रसाद शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, सहकोषाध्यक्ष विमला अधिकारीको संयोजकत्वमा स्वागत सत्कार उपसमिति गठन गरिएको हो ।
तपाइँको प्रतिक्रिया