भारतले नेपालबाट दश बर्षमा दश हजार मेगावाट बिजुली लैजाने
काठमाडौँ – भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । हालै बसेको भारतको मन्त्रिपरिषद बैठकले नेपालको प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले ट्विट गरेर जानकारी दिएका हुन ।
भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने शर्माले उल्लेख गरेका छन । भारतको निर्णयले विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको उनको भनाइ छ । भारतको निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्ने पनि शर्माले उल्लेख गरेका छन ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए । सोही कुरालाई भारतको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो ।
तपाइँको प्रतिक्रिया