चितवन – आदर्श नारी विकास केन्द्र कालिका नगरपालिका शाखाको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । आईतबार सम्पन्न भएको अधिवेशनले मेनका थापा अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
त्यस्तै सह – संयोजकमा कोपिला दाहाल, सचीवमा सपना गिरि, सह सचीवमा पदमा राना, कोषाध्यक्षमा सुमित्रा थापा , सह कोषाध्यक्ष गंगा धिताल, सदस्यहरु बिष्णु वन, शान्ति थिङ, पुजा रिजाल चयन भएका हुन् ।
कालिका नगरपालिका शाखाकी अध्यक्ष सरस्वती थापा दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सामाजिक ब्यक्तित्व महिला अधिकार कर्मि मिना खरेल रहनु भएको थियो ।
संस्थाले मानव वेचविखन र लैङ्गिक हिसां वढि हुने क्षेत्र भएकाले शाखा गठन गरिएकाे अतिथि उषा खरेल सुवृदीले जानाकारी दिनुभयो । उहाँले कालिका संगै अन्य पालिकाहरुमा पनि शाखा बिस्तार गर्ने योजन भएको बताउनुभयो