भरतपुर ११ मा घरेलु फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
चितवन – भरतपुरमा घरेलु फोहोर वर्गिकरण र उचित व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित शान्ती टोलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शान्ती टोल विकास संस्था, पारिजात टोल विकास संस्था र जनोदय टोल विकास संस्थाको आयोजना तथा भरतपुर महानगर ११ सरसफाई तथा वातावरण समितीको समन्व्यमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी वातावरण संरक्षक देव ओस्तीले फोहोरलाई वर्गिकरण गरी उचित व्यवस्थापन गरे आर्थिक आम्दानी गर्न सकिने बताए । उनले कुहिने फोहोर र नकुहिने फोहोरलाई वर्किकरण गर्न सकेमा कुहिने फोहोरबाट करेसा बारी, कौसी खेतीका लागि मल बनाउन सकिने र नकुहिने फोहोरबाट आर्थिक आम्दानी गर्न सकिने बताए ।
हाम्रो आफ्नै भान्सामा ल्याईने प्लास्टिकहरुलाई जथाभावी नफाली त्यसलाई सुरक्षित तरिकाले वर्गिकरण गर्यो भने विभिन्न सजावटका सामाग्रीहरु पनि बनाउन सकिने उनको भनाइ छ ।
कार्यक्रममा भरतपुर ११ का सरसफाई तथा वातावरण समिती संयोजक यमनाथ आचार्य र वातावरण संरक्षक शारदा शर्मा पौडेलले फोहोर व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
शान्ती टोल विकास संस्थाका अध्यक्ष सोनु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जनोदय टोल विकास संस्थाका अध्यक्ष बिष्णु बगाले, पारीजात टोल विकास संस्थाका अध्यक्ष सावित्री पौडेल, शान्ती टोल आमा समुहकी अध्यक्ष अम्बिका रानाभाट लगाएत तीन वटै टोल विकास संस्ठाका जनप्रतिनिधी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन शान्ती टोलका सचिव घनश्याम कट्टेलले गरेका थिए ।
तपाइँको प्रतिक्रिया