माडी बासीहरु राष्ट्रिय परिचयपत्र बनाउन भरतपुर धाउनु नपर्ने, भदौ २० गते गृहमन्त्री श्रेष्ठद्वारा इकाईको उद्घाटन

चितवन – माडी बासीहरु राष्ट्रिय परिचयपत्र बनाउन भरतपुर धाउनु नपर्ने भएको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागले ईलाका प्रशासन कार्यालय माडीलाई आवश्यक ब्यवस्था मिलाउन भन्दै पत्राचार गरेको छ ।
पत्रमा लेखिएको छ, नागरिकहरुको जैबिक तथा ब्यक्तिक विवरण संकलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनको च.न. ६०३, मिति २०८०/०४/२४ गतेको प्राप्त पत्रबाट त्यस कार्यालयको राष्ट्रिय परिचयपत्र अस्थायी विवरण दर्ता स्टेसन राख्ने ब्यवस्था मिलाइदिनुहुन भनी सिफारिस गरि पठाएको हुँदा यश बिभागको मिति २०८०/०४/३२ गतेको निर्णयानुसार त्यस कार्यालयमा राष्ट्रिय परिचयपत्र इकाई स्थापना गरिएको हुँदा सो इकाई स्थापनाका लागि जिला प्रशासन कार्यालय, चितवनसङ्ग समेत्क आवश्यक समन्वय गरि विवरण दर्ताको ब्यवस्था मिलाउनुहुन आदेशानुसार अनुरोध छ । पत्र सहित।
तपाइँको प्रतिक्रिया