ओलि एण्ड एशोसियट्स चितवनको “ग्लोबल एजुकेसन एक्स्पो २०२३” सम्पन्न

चितवन – ओलि एण्ड एशोसियट्स चितवनको “ग्लोबल एजुकेसन एक्स्पो २०२३” सम्पन्न भएको छ । आज (आईतबार) लायन्सचोक नारायणगढ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजेदेखी सुरु भएको एक्स्पो साझ ५ बजे सम्पन्न भएको हो ।
एक्स्पोमा अस्ट्रेलिया, क्यानडा, युके, यु .एस .ए र न्युजिल्यान्डमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु आएर उक्त देशका कलेज युनिभर्सिटीको बिषयगत पढाई, हालको नियम कानुन, कल्चर आदिका बिषयमा विद्यार्थीहरुलाइ प्रत्यक्ष रुपमा जानकारी गराएका थिए ।
वैदेशिक शिक्षाका लागि बैन्किङ्ग प्रोसेस कसरी गरिन्छ ? कस्ता प्रावधानहरु पूरा गर्नुपर्छ ? भन्ने बिषयमा प्रत्यक्ष जानकारी दिन दुईवटा बैंकको स्टल पनि रहेको थियो ।
एक्स्पोमा २०० जनाले अवलोकन गरेका थिए । एक्स्पोमा सम्पुर्ण सहभागिहरुलाइ केही न केही उपहार दिइने ब्यवस्था गरिएको चितवन शाखाका प्रवन्ध निर्देशक कमल रिजालले जानकारी दिए।
बिगत २१ बर्षदेखी शैक्षिक परामर्श दाता सस्थाको रुपमा सेवा दिदै आइरहेको ओलि एण्ड एशोसियट्सले नेपाल, अस्ट्रेलिया र भुटानमा गरि ३ वटा देशमा १५ वटा शाखा बिस्तार गरिसकेको छ । चितवनमा भने १२ बर्ष अघिदेखी आफ्नो सेवा शुरु गरेको रिजालले जानकारी गराए ।
तपाइँको प्रतिक्रिया