अटोमोवाइल्स सहकारीको ११ औं साधारणसभा सम्पन्न

भरतपुर – अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले आजको बचत भोलिको ज्युने आधार भएको बताउँदै बचत गर्ने बानिको विकास गर्न सहकारीको सहकारीको भूमिका महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लि.का सचिव तुलसि घिमिरे, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुदिप रेग्मी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, २ का वडाध्यक्ष मनोज रानाभाट, चेम्वर बहुउद्देश्यी सहकारी संस्था लि.का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण भण्डारी, सहकारीका संस्थापक अध्यक्ष भिमलाल न्यूरे, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानुप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा सहकारीका सचिव सुनिल देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष एवं साधारणसभा आयोजक समितिको संयोजक पदमलाल न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा निर कुमार श्रेष्ठलाई जेष्ठ शेयर सदस्य सम्मान, चन्द्रमाँया श्रेष्ठ र दामोदर चपाईलाई एकाघरका जेष्ठ सदस्य सम्मान, जेनिस अधिकारीलाई स्नातकोत्तर उत्रिर्ण सम्मान, डेलिसा थापामगरलाई उत्कृष्ठ बाल बचत सम्मान, अविनास श्रेष्ठलाई उत्कृष्ठ कार्यक्रम संयोजन सम्मान, बन्धु महतोलाई उत्कृष्ठ सक्रिय शेयर सदस्य सम्मान, भिमलाल न्यूरे, मनोज खनाल र निरज श्रेष्ठलाई उत्कृष्ठ बचतकर्ता सम्मान, मोहन केसी, अमिरेस मिया र कुलराज अधिकारीलाई असल उद्यमी कर्जा सदुपयोग सम्मान प्रदान गरिएको थियो ।
यसैगरी सोहि अवसरमा सहकारीका व्यवस्थापक मुक्तीनाथ घिमिरे, कर्मचारीहरु विपिन देवकोटा, इन्द्रबहादुर गुरुङ र देवेन्द्र श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी सम्मानद्धारा सम्मानित गरिएको थियो ।
कार्यक्रम संस्थाका सचिव सुनिल देवकोटाले सञ्चालन गरेका थिए ।
तपाइँको प्रतिक्रिया