भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध

१६ भदौ, काठमाडौं – एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।
४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।
तपाइँको प्रतिक्रिया