गोर्खा चितवन पत्रकार समाजको तदर्थ समिती गठन : संयोजकमा नवीन बाबू

चितवन – गोर्खा चितवन पत्रकार समाजको तदर्थ समिती गठन भएको छ । पत्रकार नवीन बाबू मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिती गठन भएको हो ।
सदस्यहरुमा शान्ता अधिकारी, रबि भट्ट (रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रबि रेग्मी रहेका छन् । मुल घर गोर्खा भइ हाल चितवनमा पत्रकारिता गरिरहेका पत्रकारहरुको साझा फोरमको रुपमा गोर्खा चितवन पत्रकार समाज गठन गरिएको संयोजक मरहठ्ठाले बताए ।
तपाइँको प्रतिक्रिया