बेस चितवनको आयोजनामा स्विमिङ्ग प्रतियोगिता सम्पन्न
चितवन – बेस चितवनको आयोजनामा स्विमिङ्ग प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सह-आयोजक समेत रहेको भरतपुर ७ स्थित अन्कुरम एकेडेमिको स्विमिङ्ग पुलमा सम्पन्न भएको हो । प्रतियोगितामा बेस अन्तरगतका २७ स्कुलका ६० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगिता रिले र सिङ्गल तथा छात्र एवं छात्रा समुहहरु बिच छुट्टाछुट्टै भएको थियो । प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीन फिल्ड ई. स्कुल मुग्लिनका उदय गुरुङ प्रथम, प्रेरणा ई. स्कुल भरतपुर ११ का सफल सापकोटा दित्तिय र अन्कुरम एकेडेमी भरतपुर ०७ का सिमोन तामाङ्ग त्रीतिय भएका छन् भने सिङ्गल छात्रा तर्फ अन्कुरम एकेडेमी भरतपुर ०७ कि आर्सिया खनाल प्रथम, ग्रीन फिल्ड ई. स्कुल मुग्लिन कि स्मृति तुमसिङ्ग दित्तिय र प्रेरणा ई. स्कुल भरतपुर ११ कि जेनिशा तामाङ्ग त्रीत्तिय भएकी छन् ।
त्यस्तै रिले स्विमिङ्ग छात्र तर्फ प्रगती पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम, प्रेरणा ई. स्कुल भरतपुर ११ का सफल सापकोटा र प्रज्वल श्रेष्ठ दित्तिय र ग्रीन फिल्ड ई. स्कुल मुग्लिनका अरुण राई र उदय गुरुङ्ग तृत्तिय भएका छन भने छात्र तर्फ अन्कुरम एकेडेमिका प्रीशा न्यौपाने र अभिन्या कार्की प्रथम हुन सफल भएका छन् । बिजेता स्कुल र प्रतियोगी बिद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन् ।बेस चितवनका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न स्विमिङ्ग प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा रहेका थिए ।
बेस चितवनको बार्षिक क्यालेन्डरमा तय गरिएको अतिरिक्त कार्यक्रम अन्तरगत भदौ १५ गते सम्पन्न स्विमिङ्ग प्रतियोगिता यस बर्षको दोश्रो कार्यक्रम हो । यस अघि नारायणी बिधा मन्दिर शिवघाटमा बक्तित्व कला प्रतियोगिता सम्पन्न भैसकेको छ ।
तपाइँको प्रतिक्रिया