क्यानकाे बाग्मति प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् ।आज भएको निर्वाचितमा अध्यक्षका अर्का प्रत्यासी उमेश पियालाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।निर्वाचित खड्काले खसेको कूल ३७ मतमा २३ मत पाउँदा पराजित पियाले १४ मत मात्रै पाए । कार्यसमितिमा पनि खड्काको प्यानलनै निर्वाचित भएको छ ।
खड्का राष्ट्रिय टिमका पूर्प कप्ततानसमेत हुन् । उनले क्रिकेटको नेतृत्वमा आउनै लागि राष्ट्रिय टिमबाट सन्नयास लिएका थिए ।६ जिल्ला मध्ये ४ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको थियो ।पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भएको थियो ।
तपाइँको प्रतिक्रिया