गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीलाई फोहोर व्यवस्थापन सम्बन्धी प्रशिक्षण

चितवन – भरतपुर ९ स्थित गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का व्यवस्थापन विषयका विद्यार्थीहरुलाई प्रकृतिसँग जोड्ने र घरेलु फोहोरको स्रोतमा नै व्यवस्थापन विधि बारे प्रशिक्षण प्रदान गरिएको हो ।
बेटर चितवनका संस्थापन संयोजक साथै नेपाल विकास समाज भरतपुरका कार्यक्रम संयोजक ई. सागर कार्कीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा फोहोरको वर्गीकरण, प्लास्टिकजन्य फोहोरको प्रकार र व्यवस्थापन, स्रोतमा नै फोहोरको व्यवस्थापन र फोहोरबाट मोहोर लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । साथै फोहोर व्यवस्थापनका वर्तमान अवस्था र चुनौती सँगै यसमा अवसरको विषयमा पनि विद्यार्थीहरुलाई जानकारी तथा अभ्यास गराइएको थियो ।
गुरुकुल कलेजका शैक्षिक निर्देशक सिर्जन अविरलले विद्यार्थीहरूलाई वार्षिक रुपमा नै क्यालेन्डरमा यस्ता कार्यक्रममा राखिएको कुरा जानकारी गराए ।
त्यस्तै कार्यक्रम संयोजक सुशील रेग्मी र निवर्तमान प्राचार्य नवीन भण्डारीले विद्यार्थीहरुलाई हप्तामा एक दिन पाठ्यपुस्तक बाहिरका महत्वपूर्ण सीप र ज्ञानबारे नियमित प्रशिक्षण तथा अभिमुखिकरण प्रदान गर्दै आइरहेको बताए ।
तपाइँको प्रतिक्रिया