नेपाल पुलिस स्कुल शान्तिपुरमा ५२० विद्यार्थीको आँखा चेकजाँच

भरतपुर – नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले बिहीबार निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा विद्यालयका कक्षा एकदेखि कक्षा नौसम्मका ५२० जना विद्यार्थीको आँखा चेकजाँच गरिएको थियोे ।
भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटा र उनको समूहले आँखा चेकजाँच गरेका थिए । चेकजाँच गर्ने क्रममा समस्या देखिएका विद्यार्थीलाई औषधि तथा आवश्यक चस्मासमेत वितरण गरिएको थियोे ।
विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै समय–समयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ । विद्यालयका प्राचार्य मुकुन्द गिरीले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि विचार पुर्याउँदै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएको कुरा मनन गर्दै विद्यार्थीहरुको स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरेको बताए ।
विद्यालयका समादेशक चन्द्रकुमार सिंहले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । विद्यालयका क्याप्टेन श्रीजल सुवेदीको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया