अर्थतन्त्र चलायमान बनाउनुपर्ने माग सहित प्रजिअ मार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र

भरतपुर – नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र पठाएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले विभिन्न माग सहितको ज्ञापनपत्र चितवनका प्रमुख जिल्ला अधिकारीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु बराल, वरिष्ठ उपाध्यक्ष थिरप्रसाद धिताल (कृष्ण), केन्द्रिय सचिवालय सदस्य शंकर नेपाल, केन्द्रिय सदस्य दुर्गाप्रसाद गौतम, जिल्ला कोषाध्यक्ष मुकुन्दप्रसाद गौतम, भरतपुर महानगर संयोजक इश्वरराज भण्डारी, सचिव गौरव पौडेल, सदस्य बलराम सिटौलालगायतको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया