चितवनमा विभिन्न कार्यक्रम गरी मनाईयो (इक्यान) को २७ औं स्थापना दिवस

चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को स्थापना दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । संघको २७ औं स्थापना दिवसको अवसरमा (इक्यान) चितवन शाखाले विभिन्न कार्यक्रम गरी मनाएको हो ।
शिक्षासंगै विभिन्न सामाजिक काममा सक्रिय रहेको (इक्यान) चितवन शाखाले आज (बुधबार) रक्तदान, नयाँ सदस्यहरुलाई स्वागत र मानव सेवा आश्रममा भोजन खुवाउने कार्यक्रम गरी मनाएको छ ।
पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो । भरतपुर स्थित रोयल सेन्चुरी होटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
यस्तै शाखाले आज नै नारायणगढ स्थित बेलाचोकमा रहेको मानव सेवा आश्रममा भोजन खुवाउने कार्यक्रम गरेको छ । सो आश्रममा आश्रित वृद्ध, बृद्धा, अपाङ्ग व्यक्तिहरुलाई इक्यानका सदस्यहरु उपस्थित भई भोजन खुवाएका हुन् ।
भोजन खुवाउने कार्यक्रम सर्प संरक्षक (स्नेकर) यमलाल भण्डारीको संयोजनमा भएको थियो । इक्यान चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सस्थाका सचिव किशोर सुवेदिले सन्चालन गरेका थिए ।
तपाइँको प्रतिक्रिया