गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल

चितवन – गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको हो ।
गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्लिस स्कुल ‘क’ श्रेणीमा पर्न सफल भएको हो ।
युवा तथा खेलकुद शाखाले गठन गरेकोे विज्ञ टोलीले २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा उत्कृष्ट घोषणा गरिएको थियो ।
नगरपालिकाले ९० अंकभन्दा बढी ल्याउनेलाई ‘क’, ७० देखि ९० सम्मल्याउनेलाइ ‘ख’, ४० देखि ७० सम्म ल्याउनेलाई ‘ग’ र ४० भन्दा कम ल्याउनेलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उल्लेख गरेको थियो ।
टोलीले पछिल्लो तीन वर्षको नतिजा, भौतिक संरचना, सेवासुविधा, विद्यार्थी एवम् अभिभावकको सन्तुष्टी, शिक्षकको योग्यता, सूचना प्रविधि समुदायको सहभागितालगायतका ९० भन्दा बढी विषयवस्तुलाई आधार मानेको थियो ।
यस्तै विसं २०६२ सालमा स्थापना भएको यस स्कुल हालसम्म आइपुग्दा स्कुलले फरक पहिचान बनाउन सफल भएको छ ।
नगरपालिकाले विद्यालयको स्तर निर्धारण गर्नको लागि लगानी, प्रक्रिया, उपलब्धि र सेवालाई मुख्य आधार बनाएको थियो । विज्ञहरुको टोलीले स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरवार्ता गरेर कार्यसम्मापदन परीक्षण गरेको थियो ।
तपाइँको प्रतिक्रिया