नेपाल विद्यार्थी संघद्वारा कृषि तथा वन विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीलाई विदाई

चितवन – नेपाल विद्यार्थी संघले कृषि तथा वन विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीलाई विदाई गरेको छ । आज (मगलबार) विश्वविद्यालय अन्तर्गत रामपुरमा कृषि , भेटेरीनरी तथा मत्स्य संकायबाट स्नातक तह उत्रिण भएकाहरुलाई नेविसंघको एकाई समितिले सुखद भविष्यको कामना सहित विदाई गरेको हो ।
कार्यक्रम मंगलपुरमा आयोजना गरिएको थियो । विज्ञको रुपमा तयार भएका विद्यार्थीलाई वैज्ञानिकको शुभकामना दिदै विदाई गरेका थिए । इकाई सभापति शुभमसिंह ठुकरीले रामपुरमा शैक्षिक गुणस्तर , संस्कार र सद्भावको भावना साटासाट गरेर विदाई गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विद्यार्थीलाई विदाई गरेका थिए । उनले दक्ष जनशक्ति नेपालमै रहनुपर्नेमा जोड दिदै काँग्रेस त्यसैमा लागेको बताए ।
कार्यक्रममा पुगेका काग्रेसका जिल्ला नेताहरुले शुभकामना दिएका थिए । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सुर्यकान्त घिमिरे , नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं विश्वविद्यालयका उपप्राध्यापक सरोज रेग्मी , नेविसंघका केन्द्रीय सदस्य डा. मन्दीप पोखरेल , निवर्तमान इकाइ अध्यक्ष निराज पौडेल लगाएतले शुभकामना दिएका थिए ।
तपाइँको प्रतिक्रिया