कोसीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कोसी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोसीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे।
उनले यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे। यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको अन्य सहमति नभएको धारणा राखेका थिए।
तपाइँको प्रतिक्रिया