सेन्ट्रल फाइनान्स नारायणगढ शाखाद्वारा ग्यास चुलो र ग्यास सिलिन्डर वितरण

चितवन – सेन्ट्रल फाइनान्स लिमिटेड नारायणगढ शाखाले ग्यास चुलो र ग्यास सिलिन्डर वितरण गरेको छ । आज (सोमबार) संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्यास चुलो र ग्यास सिलिन्डर वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
तनहुँको देवघाटधाम स्थित श्रीहरिहर संन्यास आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधु सुधन पौड्यालले आफ्नो वित्तीय संस्थाले देशको समग्र आर्थिक विकासमा पुर्याएको योगदानको बारेमा प्रकाश पार्दै उक्त आश्रमलाई २० थान ग्यास सिलिन्डर र १ थान ठूलो ग्यास चुलो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा श्रीहरिहर संन्यास आश्रमका १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज र आश्रमका कक्षा ६ देखि १२ सम्म र बिध्यापिठ तह देखी आचार्य तहसम्मका विद्यार्थी र साधु सन्त, ब्रम्ह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाइनान्स लिमिटेड नारायणगढ शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा विगत २६ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा दिदै आएको यस संस्थाको केन्द्रीय कार्यालय कुपाेन्डोल काठमाडौँमा रहेको छ र देशभर १९ वटा शाखा एवं भक्तपुरको सल्लघारीमा एक एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
तपाइँको प्रतिक्रिया