चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले आज सार्वजनिक सुनुवाई गर्दै छन् । जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाई गर्न लागेको लामिछानेले बताए । सार्वजनिक सुनुवाईमा पार्टीको झण्डा, व्यानर, लोगो वा पोसाक प्रयोग नगरी उपस्थित हुन पनि उनले आग्रह गरेका छन् ।
सार्वजनिक सुनुवाईका लागि लामिछाने शनिबार नै चितवन आएका हुन् । नारायणी कला मन्दिरमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने छ ।सार्वजनिक सुनुवाईमा विभिन्न पालिकाका प्रशासकिय प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको लामिछानेको स्वकिय सचिव प्रकाश सिग्देलले बताए ।


निर्वाचनमा गरेको वाचा अनुसार नै लामिछानेले हरेक चार महिनामा सार्वजनिक सुनुवाई गर्ने सिग्देलले बताए । चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।