निप्पोन एजुकेसनल सेन्टरमा जापानीजद्वारा इन्फर्मेसन सेमिनार सम्पन्न

चितवन – निप्पोन एजुकेसनल सेन्टर नारायणगढमा जापान जान चाहने विद्यार्थीहरुलाइ जापानीजद्वारा इन्फर्मेसन सेमिनार दिइएको छ। जापानको हिरोसिमा अवस्थित साकुरा इन्टरनेशनल एकेडेमिका प्रतिनिधि खाजु हिरो निमि, नाभि इवाता र नेपालका प्रतिनिधि भोला पाण्डेले उक्त सेमिनार कन्डक्ट गरेका थिए । सेमिनारमा जापानीज प्रतिनिधिले विद्यार्थीहरुसङ्ग जापानीज भाषामा वान टु वान इन्ट्र्याक्सन समेत गरेका थिए ।
निप्पोन एजुकेसनमा भाषा कक्षा पढिरहेका र जापान अध्ययनका लागि प्रोसेस गरिरहेका विद्यार्थीहरुलाइ बिशेषगरि जापानीज भाषाएवं कल्चर, जापानिज युनिभर्सिटी एवम् कलेजको नियम, जापानको कानुन, विद्यार्थीलाई कामको अवसर र समय, विभिन्न समयमा निप्पोन एजुकेसनबाट जापान गएका विद्यार्थीहरुको हालको पढाई एवं बसाईको अवस्था कस्तो छ भन्ने बिषयमा जानकारी गराइएको निप्पोन एजुकेसनल सेन्टरका प्रबन्ध निर्देशक दिपकचन्द्र भट्टराईले बताए ।
आफुले अध्ययन गरिरहेको सस्थामा यसरी जापानीज प्रतिनिधि नै बोलाएर त्यस देशको बारेमा प्रत्यक्ष रुपमा जुन किसिमको जानकारी लिने मौका दिनुभयो त्यस्को लागि खुशी व्यक्त गर्दै विद्यार्थीहरुले निप्पोन एजुकेसनल सेन्टरलाई धन्यवाद समेत ब्यक्त गरे ।
तपाइँको प्रतिक्रिया