सरकार जनताले महसुस गर्ने कार्ययोजना बनाउँदै छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन, भ्रष्टाचार, अनियमितता नियन्त्रणको अभियानलाई सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको बताए ।
कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने सरकारको तयारी रहेको उनको भनाइ छ । उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनतालाई समयमा सेवा दिन सरकारले नयाँ कार्ययोजना बनाइरहेको बताए ।
“सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरूलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै लगिनेछ । आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मसुस गर्नेगरी सरकार अघि बढिरहेको छ,” उनले भने, “सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको छ ।”उपप्रधान एवं रक्षामन्त्री खड्काले कुनै पनि भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको पनि स्पष्ट पारे। रासस
तपाइँको प्रतिक्रिया