भरतपुर महानगरद्वारा बृहत सरसफाई अभियानको उद्घाटन

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बृहत सरसफाई अभियान एक वर्षसम्म निरन्तर चल्ने बताए । अभियान भरतपुर १२ स्थित पूर्व पश्चिम राजमार्गको गोन्द्राङबाट सुरु भएको हो ।
शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानको उद्घाटन गर्दै प्रमुख दाहालले वडास्तरदेखि नगरस्तरसम्म सरसफाई समिति निर्माण गरी अभियान सञ्चालन हुने बताए । यसको तयारी पनि पुरा भएको बताए । भरतपुर महानरपालिकाको कार्यपालिका बैठकले हरेक महिनाको दुई वटा शुक्रबार सरसफाई गर्ने निर्णय पास भएको छ । भरतपुरमा विकास प्रयाप्त भएकै छ, अब हरियाली प्रर्वद्धनमा हाम्रो जोड रहने –प्रमुख दाहालले बताइन ।
भरतपुरलाई स्वच्छ हराभरा बनाउने विगतको निरन्तरता रहेको प्रमुख दाहालको भनाई छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी सरसफाईलाई प्राथामिकतामा राखेर काम गरी रहेको छ । महानगरपालिकाले महिनाको पहिलो र अन्तिम शुक्रबार अनिवार्य रुपमा सरसफाई अभियान चलाउने गरी अगाडि बढेको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले बताए ।
सभ्य र सुन्दर भरतपुर निर्माण गर्न वृक्षरोपण कार्यक्रमलाई विषेश जोड दिई सडको दाँया बायाँ वृक्षरोपण गर्ने कार्य अगाडि बढिरहेको बताए ।
भरतपुरलाई हरित सहर बनाउने कार्यमा सबै जनाले हातेमालो गर्न आवश्यक रहेको बताए । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्की, विभिन्न संघ संस्था प्रतिनिधिको उपस्थिति रहेको छ ।
तपाइँको प्रतिक्रिया