बालकुमारी कलेजमा भित्तेपात्रो विमोचन तथा विद्यार्थी बिदाई कार्यक्रम सम्पन्न

चितवन – बालकुमारी कलेजमा भित्तेपात्रो विमोचन तथा विद्यार्थी बिदाई कार्यक्रम सम्पन्न भएको छ । चितवनको नारायणगढस्थित बालकुमारी कलेजले आज (विहिबार) भित्तेपात्रो विमोचन तथा कक्षा १२ मा उत्रिण भएका विद्यार्थीलाई बिदाई गरेको हो ।
कलेज परिसरमा भएको उक्त कार्यक्रममा कलेजका प्रमुख जगदिश्वर खनालले २०८० सालको भित्तेपात्रो विमोचन गरेका हुन् भने कक्षा १२ मा उत्रिण भएका विद्यार्थीहरुलाई अबिर र खादा लगाई बिदाई गरीएको हो ।
सो कार्यक्रमा कलेजका शिक्षक, शिक्षिका, कक्षा ११ र १२ का विद्यार्थीको उपस्थिती रहेको थियो ।
यस क्याम्मसका कक्षा ११ देखि स्नातककोत्तर सम्म पढाई हुँदै आईरहेको छ । कलेजमा बिबिएस, बिएड, बीएसि, बिबिए, बीआईएम, बीएचएम बीआइसिटी , एमनिए -एफ, एमबिएस, एमएड लागाएत बिषयहरु पढाई हुने गर्दछ ।
तपाइँको प्रतिक्रिया