राष्ट्रको सान र पहिचान हुन भलिबल खेलाडी उप प्रमुख अधिकारी

भरतपुर – भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले खेलाडी राष्ट्रको सान र पहिचान भएको बताउनु भएको छ । बिश्वमा नेपाल र नेपालीको पहिचान स्थापित भएको छ भने त्यो अरु कारणबाट नभइ खेलाडीहरु कै कारणबाट भएको समेत प्रष्ट पार्नु भयो ।
जिल्ला भलिबल सघ चितवन र भलिबल रेफ्री कमिशन चितवनको संयुक्त आयोजनामा गत साउन ३२ गतेबाट शुरु भएको जिल्ला स्तरीय एक हप्ते आधारभूत भलिबल रेफ्री तालिमलाई बुधबार भरतपुरमा समापन गर्दै नगर उप प्रमुख अधिकारीले इतिहासका कुनै पनि कालखण्डमा नेपाली खेलाडीहरुले नेपाललाइ बिश्व सामु चिनाएको कुरालाइ भुल्न नहुने पनि स्मरण गर्नु भयो ।
खेलमा अनुसासन र मेहनत जरुरी छ,उप प्रमुख अधिकारी भन्नुभयो,हाम्रो पहिचानको रुपमा रहेको भलिबल खेललाई विकास गर्न खेलाडी र रेफ्रीहरु अनुसासित हुनुपर्छ । प्रशिक्षार्थीहरूले कोर्सबाट सिकेको कुरा व्यवहारमा उतार्नसके मात्रै यस्ता खालका तालिमहरुले सार्थकता पाउने उहाँको भनाइ छ । उहाँले नेपालमा खेलकुद क्षेत्रमा भइरहेको पक्षपातले सही र योग्य मान्छे अवसरबाट वञ्चित भइरहेको हुँदा सबैले समान अवसर पाउने खालको व्यवस्था बनाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
भलिबल खेलाडिलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गदै उप प्रमुख अधिकारीले खेललाइ थप उत्साहीत बनाउन भलिबल खेलका लागी आवश्यक रेफ्री उत्पादन गर्न तालिमको आयोजना गरीएको हुँदा यसको सहि ठाउँमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाइ आग्रह समेत गर्नु भयो ।
तालिममा ४२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । सहभागी प्रशिक्षार्थीहरुलाइ नगर उप प्रमुख अधिकारीले प्रमाणपत्र र रेफ्री लाइसेन्स प्रदान गर्नु भएको थियोे ।
तपाइँको प्रतिक्रिया