मौलिक तीज गीत दुःख-सुख सार्वजनिक

भरतपुर – महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा धमाधम तीज गीतहरू आइरहेका छन् । भदौ महिना लागे सँगै बजारमा नयाँ नयाँ तीज गीतहरु आइरहेका छन् । यसो त बजारमा नयाँ नयाँ तीज गीत आउनेहरुको होडबाजी नै चलिरहेको देखिन्छ ।
यसै क्रममा हास्य कलाकार तथा निर्देशक दीपक शर्माको निर्देशनमा मौलिक तीज गीत दुःखसुख सोमबार सार्वजनिक भएको छ ।
सरू पौडेल तथा निरू लामिछानेको स्वरमा रहेको उक्त गीतको शब्द तथा लय संकलन सरू पौडेलले नै गरेकी छिन् । दिदीबहिनीहरुले मेलापात जाँदा होस् या श्रीमान्को घरमा होस् काम गर्दाको दुःखसुखको क्षणलाई गीतका माध्यामबाट चित्रण गरिएको छ । उक्त गीतमा अभिनय सुमन सागरजङ्ग केसी, दीपक शर्मा, मोडल सिर्जना पाण्डे र सरू पौडेलले गरेका छन् भने नृत्य निर्देशन पनि सुमन सागरजङ्ग केसीले गरेका छन् ।
खड्ग गन्धर्वले एरेन्ज गरेको उक्त गीतको भिडियो छायाङ्कन राहुल राईले गरेका हुन् भने सम्पादन सन्तोष सुनारले गरेका हुन् । प्रल्हाद सुवेदी युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोको छायाङ्कन काठमाडौँका विभिन्न ठाउँमा गरिएको थियो । गायिका निरु लामिछानेले विगतमा चितवनमा रहेर लामो समय पत्रकारिता पनि गरेको थिइन् ।
तपाइँको प्रतिक्रिया