अर्किड कलेजकी परीक्षा भईन् चितवन प्रथम

भरतपुर – चितवन स्थित अर्किड कलेजमा अध्ययनरत छात्रा परीक्षा पौडेल बायो साइन्स संकायमा जिल्ला प्रथम हुन सफल भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षाफल अन्तर्गत कक्षा १२ को परीक्षामा छात्रा पौडेल चितवन जिल्ला प्रथम हुन सफल भएको कलेजले जनाएको छ।
मेधावी जेहेन्दार एवम् अनुशासित विद्यार्थी पौडेलले ३.८६ जिपिए ल्याएर जिल्ला प्रथम भएकी हुन् । १०+२ अन्तर्गत अर्किड कलेज नेपालकै उत्कृष्ट मध्यको एक रहेको कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक आकाश पौडेलले बताए ।
तपाइँको प्रतिक्रिया