चितवन – चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियार पुलमा झुन्डिएका थिए । उनी पुलबाट त्रिशूलीमा हामफाल्नका लागि झुन्डिएको सूचना प्रहरीले पाएको थियो ।
त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ११ जनाको टोलीले ‘रोप रेस्क्यु’ विधिबाट परियारको उद्धार गरेको थियो ।