उच्च तहका सबै नेताहरूको सम्पत्ती छानबिन हुन्छ : धनराज गुरूङ

एटुजेड समाचार

काठमाडौं –  कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका सबै नेताहरूको सम्पत्ती छानबिन हुने बताएका  छन्। शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले नेताहरूको सम्पत्ती छानबिन गर्न सरकार अगाडि बढ्ने दावी गरेका हुन्। ‘मैले सम्पत्ती विवरण बुझाइसकेको छ,’उनले भने,’नेताहरूको सम्पत्ती छानबिन गर्न सरकार अगाडि बढ्छ।’

मन्त्री गुरूङले सबै नेताहरू आर्थिकरुपमा पारदर्शी हुनुपर्ने धारणा राख्दै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर टिप्पणी उठाउनेहरूको हातमा हतकडी लगाएर सुशान स्थापना गर्न नसकिने जिकिर गरे। उनले यो कुरामा सबै स्पष्ट हुनुपर्ने जिकिर गरे।

‘जसले मुलुक भष्टाचारमुक्त हुनुपर्छ भनेर टिप्पणी उठाउँछ तिनका हातमा हतकडी लगाउने। टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै सलाम ठोक्नेहरू प्रवत्तिको अन्त्य हुनुपर्छ,’उनले भने।

उनले मुलुक सुधारका लागि पहिले आफै सुधारिनु आवश्यक रहेको बताए।

गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटी मान्न नसकिने बताए । उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्राइँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेलो हात्ती अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे ।

मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पारे । उनले सरकारको कार्यक्रममा उच्चतहका व्यक्तिहरुको सम्पत्ती छानबिन गर्नुपर्छ भनेर देखाउनका लागि मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू