भरतपुर अस्पतालका चार सय शैया निःशुल्क
चितवन – भरतपुर अस्पतालले अन्तरंग सेवाका चार सय जनरल बेड (शैया) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले बेड निःशुल्क गरेको हो ।
अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा.गोविन्द कँडेलले आज विज्ञप्ती प्रकाशित गरी क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाईन, कार्डियाक, न्यूरोसर्जरी र अर्थाेपेडिक वार्डहरुमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको उल्लेख गर्नुभएको छ ।
अस्पतालमा हाल ६०० शैया सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरंग) सेवाको टिकट पनि निःशुल्क रहेको छ ।
तपाइँको प्रतिक्रिया