घाइतेहरुको उपचारको लागि प्रतिबद्ध छौँ : अक्सफोर्ड कलेज

चितवन – गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसको ठक्करबाट घाइते भएका २० जनाको उपचारको जिम्मा कलेज प्रशासनले लिएको छ । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले हिजो एक विज्ञप्ति जारी गरी कलेज प्रशासन घाइतेहरुको उपचारको लागि प्रतिबद्ध रहेको बताएको हो ।
हिजो दिउँसो करिब ११ः४० बजेको समयमा रत्नननगरतर्फ जाँद गरेको कलेजको ना १ क ६१३१ नम्बरको बसले टिकौली जंगलमा लास बोकेको बलेरो, मोटरसाइकल र स्कुटरहरुलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया