चितवनमा शव बोकेको गाडी, कलेज बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किए

भरतपुर – चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन आपसमा ठोक्किएका छन् ।
शव बोकेको बोलेरो गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् ।
घटनामा विद्यार्थीहरु पनि परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको विवरण संकलन हुँदैछ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइँको प्रतिक्रिया