आदर्श नारी विकास केन्द्र भरतपुरको त्रिवर्षिय रणनीतिक योजना गोष्ठी सम्पन्न

एटुजेड समाचार

चितवन – आदर्श नारी विकास केन्द्र भरतपुरको त्रिवर्षिय रणनीतिक योजना गोष्ठी सम्पन्न भएको छ । यही साउन २६ र २७ गते चितवनको कविलास रिसोर्टमा दुई दिन संचालन भएको त्रिवर्षिय रणनितिक योजना तर्जुमा गोष्ठिबाट लक्ष्य सहितका त्रिबर्षीय कार्ययोजना तय भएका हुन् ।

गोष्ठीमा संस्था स्थापनाको उद्धेश्य, हालसम्मको प्रगती र आगामी दिनको रणनीति सगै नेतृत्व विकासबारे छलफल भएको थियो ।

संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थागत उद्धेश्य लक्ष्य र प्रगतीबारे संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरेलले प्रष्ट पार्नुभएको थियो ।

रणनीतिक योजना सम्वन्धमा सल्लाहकार डा. नम्रता पाण्डे, आगामी दिनको कार्ययोजना बारेमा सल्लाहकार विदुर केसीले सहजीकरण गर्नुभएको थियो । सोही दिन संस्थाका संचार संयोजक एवं नेपाल जेसीसका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीले नेतृत्व विकासबारे सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीको दोस्रो दिन भरतपुर महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल सहित संस्थाका पदाधिकारीहरुले आगामी ३ बर्षमा संस्थाले गर्नुपर्ने कार्यक्रम बारेमा रणनीति तयार पार्न सहजीकारण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, सल्लाहकार लगाएतको उपस्थिती रहेको थियो । सो कार्यक्रम सस्थाका सचिव सरिता सुबेदि पाठकले सञ्चालन गर्नुभएको थियो । वि . स २०४९ सालमा स्थापना भएको सो संस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू