अप्ठ्यारो अबस्थामा ८० वर्षका हजुरबुवा र आठ वर्षको पनाती बने एक अर्काका सहयात्री

लक्ष्मण गौतम,
चितवन – ८० वर्षको वृद्ध शरीरलाई ८ वर्षको पनातीको साहारा ! परिस्थिति र नियतिले ठगेको एउटा यथार्थ आठ दशक पार गरेका माडी ८ दक्षिण अयोध्यापुरीका बुढा हजुरबुबा त्रिलोचन सुवेदी र भर्खरै खेल्न सिक्दै गरेका पनाती सम्बाद सुवेदीको कथा । समयले मानिसलाई कतिबेला कसरी र कस्तो अबस्थामा पुर्याउछ भन्ने एउटा दुःखद घटनाले मुटु घोची रहयो र पोख्न तयार भए ।
सुरेश सुवेदी (३०) को ४ बर्ष अगाडी माडीमा भएको सडक दुर्घटनामा टाउकोमा चोट लाग्यो तत्कालीन अबस्थामा हार गुहार गरि उपचार भयो अनि उनि सामान्य जीवन तिर फर्किए , गाउँकै सिरानमा रहेको खानेपानी आयोजनामा प्लम्बिङ लगायतको काम गर्दथे ।
घरायसी अबस्था कमजोर रहेका कारण परिवार नै ज्याला मजदुरीमा भर पर्नु पर्ने अबस्था कै बिचमा असारको पहिलो साता सुरेश लाई टाउको दुख्ने र अत्यधिक ज्वरो आउने समस्या भएपछी माडी हुँदै भरतपुर पुर्याइयो ।
उनी अचेत भैसकेका थिए । भरतपुर केही अस्पतालमा यता उता गर्दै केही दिन बिते । उपचारका लागि ल्याब टेस्ट लगायतका विभिन्न काम भए अन्तत प्राइभेट अस्पतालको महङो खर्च थेग्न सक्ने अबस्था भएन र सरकारी अस्पताल ल्याएर उपचार सुरु गरियो । रोगको कारण पत्ता लाग्यो । धेरै दिन पछि, अन्तत डाक्टरको भनाइ अनुसार ४ बर्ष अगाडी भएको दुर्घटना र सोही चोटले दिमागमा पानी जमेका कारण अप्रेसन गर्नु पर्ने बाध्यता आइ लाग्यो ।
तीन हप्ता अगाडी देखि बेहोस बनेका सुरेशको साउन २ गते अप्रेसन गरियो । त्यति बेला सम्म गाउँ बाट ऋण काढेर ल्याएको करिव ३ लाख रुपैया खर्च भैसकेको रहेछ । अप्रेशन पछि पनि बिरामिको होस आएन, अप्रेशन त भयो तर बिरामी लाई महिनौ सम्म अस्पतालमा नै राख्न पर्ने अबस्था अनि टाउकाको उपचार महँगो औषधि चलाउन पर्ने भएपछी सुवेदी परिवार अलमल्ल परे ।
आर्थिक अभाबमा बिरामी लाई त्यही राख्ने या त्यसै घर लैजाने ! रकम जुटाउन हारगुहार गरे तर महँगो औषधि र लामो समय सम्मको उपचार कठिन भयो। बिरामीका परिवारले माडी बाट भरतपुर आइ बसेका साबिक अयोध्यापुरीवासीहरुको एउटा सामाजिक संस्था साबिक अयोध्यापुरी माडी– भरतपुर सम्पर्क समाजमा पुगेर रकम जुटाइदिन अनुरोध बमोजिम “सुरेश सुबेदीका लागि सहयोग अभियान “ सुरु गरियो । त्यसको नेतृत्वदाही भुमिका मलाई दिइए बमोजिम आर्थिक सहयोग संकलन सुरु भयो । अभियान संकलन सुरु गरेकै केही दिनमा स्वदेश तथा बिदेशमा रहनु भएका आम नेपालीहरुले आर्थिक सहयोग जुटन थाल्यो, यता बिरामीको अवस्था स्थिर रहयो ।
अभियानमा केही दिन भित्रै सयौ सहयोगीहरु जोडिनु भयो र आर्थिक संकलन तिब्रभयो । यसैबिच आजभोली गर्दा गर्दै बिरामी शिथिल र बिरामी लाई थप रोगहरु थपिदै गए डाक्टरको अनेकौ प्रयासको बाबाजुद बिरामीको टाउकोमा फेरि पानी जमेको र पुन अर्को अप्रेसन गरियो ।
त्यसपछी उनको स्वास्थ्यमा उल्लेख्य सुधार नै आएन झन बढी रोगहरु थपिए ! उनले रोगलाइ जित्न सकेनन, मेडिकल साइन्स पनि उनको अगाडी निरीह बन्यो । वाड, आइसियु , भेन्टिलेटर हुँदै अचेत अबस्थामै गत बिहिवार उनी यो संसार बाटै बिदा भए । सयौको संख्यामा रहेका सहयोगी, आफन्तजन र अभियानका अगुवाहरु टुलुटुलु हेर्नू सिवाय केही रहेन ।
टिकाराम सुबेदीका एक्ला छोरा हुन सुरेश , एउटा बहिनी छ्न निर्मला जो झन्डै दुई महिना अस्पतालमै दाजुको सेवामा बिताइन । काका जितु र उहाकी छोरी सुमित्रा बिरामीका असल सहयोगी । पैसा त जुटयो तर सुरेश रहेनन ! हजारौंको प्रयास असफल भयो । घरको दयनिय अवस्था लाई सुधार्न तथा अध्यन पूरा गर्न लाखौ रुपैया ऋण काढेर जापान पुगिन उनकी श्रीमति दुर्गा, जापान त पुगिन सोचेको जस्तो भएन भने जति काम गर्न नपाइने तथा अध्यन खर्चिलो भयो ।
आफुले खोजेर गएको रकमको ब्याज तिर्न पनि हम्मे हम्मे पर्यो । यता श्रीमानको बिग्रदो स्वास्थ्य अबस्थाले उनलाइ न कामको जागर न अध्यनको चासो । जापानमा रहेर अस्पतालको शैयामा रहेका अचेत श्रीमान लाई भिडियोमा हेर्नू बिकल्प केही थिएन । सुरेशको निधन पछि उनले श्रीमानको अन्तिम पटक मुख हेर्ने चाहाना बमोजिम शवलाई केही दिन अस्पताल नै ब्यबस्थापन गरियो । दुर्गा शनिबार चितवन पुगे सगै सुरेशको अन्तेष्ठी शनिबार देवघाटधाममा गरियो ।
कथा ८ बर्षका सम्बाद उनका पित ३० बर्षका स्व सुरेश अनि उनका ६० कटेका पिता टिकाराम र टिकारामका ८० नाघेका त्रिलोचन सुबेदीको हो । हिन्दु संस्कार अनुसार १३ दिनको कामका लागि पारिवारिक छलफल भयो । अन्तत ८० नाघेका त्रिलोचन आफ्नो पनाति सम्बादको दुखको सहयात्री बन्नुभो ! सयौ सहयोगी, हजारौ सुभेच्छुकहरु सुरेश लाई अस्पताल बाट निको बनाएर माडी पठाउने चाहाना बिचैमा रोकियो । परिस्थितिले उल्टो रुप लियो वृद्ध बुढा हजुर बा पनाति डोर्याउदै माडी फर्कनुको बिकल्प भएन ।
तपाइँको प्रतिक्रिया