राइट एण्ड एसोसिएट्स चितवनद्वारा सेनेटरी प्याड डिस्पेन्सर प्रदान
चितवन – शैक्षिक परामर्श व्यबसायी सस्था राइट एण्ड एसोसिएट्सले सेनेटरी प्याड डिस्पेन्सर प्रदान गरेको छ ।माडी स्थित सोमेश्वर माध्यमिक बिध्यालयलाइ एक थान सेनेटरी प्याड डिस्पेन्सर प्रदान गरेको हो । स्कुलमा अध्ययनरत छात्राहरुको इमर्जेन्सीलाई मध्यनजर गरि उक्त स्कुलमा सेनेटरी प्याड डिस्पेन्सर बितरण गर्ने कार्यक्रम गरिएको राइट एण्ड एसोसिएट्स चितवनका एकेडेमिक डाइरेक्टर जित क्षेत्रीले बताए ।
बिधालयमा अध्ययनरत छात्राहरुलाइ कतिबेला यस्को आवस्यकता पर्दछ थाहा नहुने र सामान्यतया विद्यार्थीहरुले सेनेटरी प्याड बोकेर हिड्ने अवस्था पनि नहुने हुदा यसरी प्रदान गरिएको यो सेनेटरी प्याड डिस्पेन्सरले छात्रा एवम शिक्षाकाहरुलाइ समेत सहज बनाउने बिधालयका प्राचार्यले बताए ।
सस्थाको सि एस आर अन्तर्गत विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको राइट एण्ड एशोसियट्सले यहि श्रावण १८ गते पनि देशभरी रहेका आफ्नो शाखाहरु मार्फत विविध सामाजिक कार्यक्रम गर्दै आफ्नो २३ औ बार्षिकोत्सब मनाएको थियो ।
विशेषगरि अध्ययनका लागि एब्रोड जान चाहने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिने उदेश्यले सन २००१ मा काठमाडौंबाट आफ्नो सेवा शुरु गरेको राइट एण्ड एसोसिएट्सले हाल नेपाल र अष्ट्रेलिया दुई देशका ११ वटा शाखाबाट आफ्नो सेवा दिइरहेको छ भने हालसम्म १८ हजार भन्दा बढी विद्यार्थीहरुले यस सस्थाबाट शैक्षिक परामर्श सेवा लिइसकेका छन् ।
तपाइँको प्रतिक्रिया