चितवन – अन्तर्राष्ट्रिय युवा दिवस आज चितवनमा बिबिध कायक्रम गरी मनाइदैछ । जिल्लामा सक्रिय बिभिन्न युवा संघ संस्था तथा समुहहरूले युवालाइ सहभागितामुलक, मनोरञ्जन र सशक्तिकरण गर्ने उदेश्यले विविध कायक्रम आयाेजना गदै छन् । ।
बेटर चितवनकाे युथवन २०२३: युवा उत्सव
बेटर चितवनले १९ गतिशील युवा नेतृत्वको संस्थाहरूसँगको सहकार्यमा युथवन २०२३ : युवा उत्सवकाे छैठौँ शृंखला आज आयोजना गदैछ ।भरतपुर केन्द्रिय बस टर्मिनल नजिकै रहेको सेरेन होटलमा करिब १२ बजेबाट उत्सव शुरू हुदैछ ।
उत्सवमा युवा अकांक्षा र सपना शिर्षकमा कविता प्रतियोगिता, भरतपुर महानगरपालिकाको घुमौँ भरतपुर २०८४ अभियानलाई प्रवर्धन गर्न भिडियो प्रतियोगिता, स्वस्थ खाना प्रवर्धन गर्ने उद्धेश्यले “कसले छिटो खाने प्रतियोगिता” र “60 सेकेन्ड टु फेम” प्रतिभा प्रदर्शनी प्रतियोगिता अयाेजना हुनेछ । साथै ट्रेजर हन्ट प्रतियोगिता र सांस्कृतिक तथा सांगितिक साँझको कार्यक्रम पनि रहेको छ ।
समुदायमा आ-आफ्नो क्षेत्रमा उल्लेखनीय र उत्कृष्ट योगदान दिने तीनजना युवाहरूलाई हरेक वर्ष अन्तराष्ट्रिय युवा दिवसमा प्रदान गरिने “बेटर युथ अवार्ड” र “युवा रिकग्निसन अवार्ड २०२३” द्वारा सम्मान र पुरस्कृत पनि गरिनेछ । “ब्रेन ड्रेन र ब्रेन गेन” शीर्षकमा प्यानल छलफल मार्फत युवा प्रवास र यसका असरहरूको प्रासंगिक मुद्धालाई सम्बोधन गरिने कार्यक्रमका संयोजक सचीन चापागाईले जानकारी दिनुभयो ।
युवा र नवप्रवर्तनको उत्सवमा सहभागी हुन सबै क्षेत्रका युवाहरूलाई स्वागत गर्दै नि:शुल्क प्रवेशको व्यवस्था समेत गरिएको चापागाइकाे भनाइ छ ।
लिडरशिप ओडेशी २०२३
यस्तै आज अन्तराष्ट्रिय युवा दिवसलाई लक्षित गर्दै नया विचार , उर्जा र सम्भावनाको खोजि गर्न चितवनमा लिडरशिप ओडीसी २०२३ पनि हुदैछ । रास्वपा समथिर्त चितवनका युवाहरूले ओडीसी गरेका हुन् ।
भरतपुरको चितवन गाडेर्न रिसोर्ट(सिजिआर) मा कार्यक्रम हुदैछ ।कार्यक्रममा सांसद सोविता गौतम, युवा नेता कविन्द्र बुर्लाकोटी र लिडरशिप कोच अनिल केशरी शाह वक्ताको रुपमा आउने कार्यकम संयोजक ई. प्रवीण काफ्लेले बताए।
काफ्लेका अनुसार चितवनका सबै युवाहरुलाई उक्त कार्यक्रममा सहभागी हुन अपील गरिएको छ।करिब १००० जना युवा सहभागिता हुने आयोजकले लक्ष्य लिएको छ।
कार्यक्रममा निशुल्क प्रवेश संगै सहभागी युवाहरुलाई मकै र मोही समेत खुवाइने सहजकर्ता प्रसमा पौडेलले बताइन् ।करिब ११ बजे बाट सुरु हुने कार्यकम दिउँसो २ बजे सकिने पौडेलको भनाई छ।