कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा लिम्बू नियुक्त

एटुजेड समाचार

मोरङ – कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री लिम्बूले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु