सुनिल शर्मासँग राज्यले प्रतिशोध साँध्यो : चन्द्र भण्डारी
काठमाडौं – नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले नचाहिदो कुरामा प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालिरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले सरकारले नचाहिदो प्रतिशोधमा सुनिल शर्मालाई पक्राउ गरेको आरोप लगाए। उनले जसको शक्ति उसको भक्तिको प्रयोग गर्ने हो भने नेपालमा शक्ति बाहेककाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ ? भन्दै प्रश्न गरे।
देशमा लुटपाट र भ्रष्टाचारका केसहरू बढ्दै जाँदा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए। उनले भने,’देशमा समस्याहरू छन्। यतिधेरै लुटपाट छन्। यतिधेरै क्रप्सनहरू छन् । राज्यतर्फ समय खर्च गर्ने हो। नचाहिदा कुरामा प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्ने होइन।’
कसैलाई नपचेका कारण शर्मा पक्राउ परेको उनको भनाइ छ। अदालतबाट सफाइ पाएका शर्मालाई थुन्नुको कुनै अर्थ नभएको बताए।
तपाइँको प्रतिक्रिया