रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने

एटुजेड समाचार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरोध भएको समयको सुविधा नलिने घोषणा गरेको छ ।

रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने सभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समितिबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।

लगातार सदन अवरुद्ध भएपछि रास्वपाले संसद् बैठक नियमित चल्नका लागि सार्थक पहल गनै आग्रह गर्दै अवरुद्ध समयको सेवासुविधा नलिने जानकारी सभामुख घिमिरेलाई गराएको हो ।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ,’ सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु