कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

एटुजेड समाचार

काठमाडौं –  नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सांसद शर्मालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।

पक्राउको कारण भने खुलेको छैन। शर्मा मोरङबाट प्रत्यक्षमा निर्वाचित सांसद हुन्।

कांग्रेस नेता अजयबाजु सिवाकोटीले पनि शर्मा पक्राउ परेको पुष्टि गरेका छन्। शर्मा पक्राउ परेपछि सिवाकोटीले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?,’ उनले प्रश्न गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू