चितवन – लियो क्लब अफ नारायणगढ चित्रवनका कोषाध्यक्ष विष्णु प्रसाद ओझाले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका छन् । भरतपुरको सानो घरमा आश्रीत बालबालिकाहरुको लागि ओझाले खाद्यान्न सहयोग गरेका हुन् ।
सानो घरमा आश्रीत १८ जना बालबालिकाहरुको लागि चामल, दालमोठ, बिस्कुट, भुजा लगायतको खाद्यान्न हस्तान्तरण गर्दै उनले जन्मदिन मनाएका हुन् ।जन्मदिनमा केक काटेर रेष्टुरेण्टमा फजुल खर्च गर्नु उचित लागेन , ओझाले भने, ‘ सानो घरमा आश्रीत बालबालिकालाई थोरै भएपनि केही राहत पुगोस् भनेर जन्मदिनमा खाद्यान्न सहयोग गरेको हुँ।’ उनले सामाजिक काममा खर्च गर्दा खुसीको अनुभुती गरेको भन्दै आगामी दिनमा पनि जन्मदिनमा अनावश्यक खर्च नगरि सामाजिक कार्यमा खर्च गर्ने बताए ।
शरदपुरमा रहेको जानकी ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले सहयोग गरेको कार्यक्रम लियो क्लब अफ नारायणगढ चित्रवनका अध्यक्ष विनोद भण्डारीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा क्लबमा पूर्व अध्यक्ष पुरुषोत्तम सुवेदी र सन्तोष सुवेदी, क्लबको फस्ट लेडी अस्मिता आचार्य, क्लबका क्षेत्रीय संयोजक बिमोचन आचार्य, सानो घरकी अन्जुला श्रेष्ठ, क्लष्टर चिफ आतराम पाण्डे , क्लबका सदस्यहरु रुबिसा अधिकारी, सन्तोष शाह, कुशल आचार्य, अजय सुबेदी, अतित लम्साल, सुमित्रा नपित, सबिन खनाल, जानकी पुलामी मगर , आषिश शर्मा, रुपेश राई क्षेत्री, सौगात देवकोटा, झरना भण्डारी, विपना भण्डारी लगायतको उपस्थिती रहेको थियो