प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाभित्र बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र देउवाविच बालुवाटारमा भेटवार्ता भएको हो । जसपा नेपालले सरकार छाडने धम्की दिएपनि सत्ता साझेदार दुई दलका नेताविच भेटवार्ता भएको हो । भेटमा उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका, प्रमुख सचेतक रमेश लेखक, कृष्ण सिटौला सहितका नेता सहभागी थिए ।
भेटमा संसदको गतिरोध लगायतका विषयमाप नि कुराकानी भएको बुझिएको छ । गृह मन्त्रालयले मंगलबार गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव सरकारसँग रुष्ट रहेका छन । हिजै उनले कांग्रेस सभापति देउवासँग भेट गरेर सम्झौताप्रति असहमति राखेका थिए । उनले सरकार छाडनेसम्मको चेतावनी दिएको कांग्रेस नेताहरुले बताएका छन । जसपाले उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाएको छ ।
२०६३ चैत्र ७ मा गौर राइसमिलको चौरमा तत्कालिन मधेसी जनाधिकार फोरम नेपाल र माओवादीविच झडप हुँदा २७ जनाले ज्यान गुमाएका थिए । सो घटनामा ज्यान गुमाउनेका परिवारले न्याय माग्दै केही समयदेखि आन्दोलन गर्दै आएका छन । मंगलबार सरकारले पीडितसँग पीडितका जाहेरीको छानविन र अनुसन्धान अघि बढाउने सहमति गरेको थियो ।
तपाइँको प्रतिक्रिया