लगातार २०७ अंक घटेपछि थामियो बजारको ओरालो यात्रा, दोहोरो अंकको सुधार

काठमाडौं – लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।
म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए । कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ । कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ । हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
तपाइँको प्रतिक्रिया