संदमा आज पनि अवरोध, बस्दै नबसी बैठक स्थगित

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेका हुन्।

उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए। एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताए।

सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ।

सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु