लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ- लगातार तेस्रो दिन पनि सुनको भाउ घटेको छ । आज बुधबार सुनको भाउ १०० रुपैयाँले घटेको हो ।
सुनको भाउ सोमबार, मंगलबार क्रमशः १०० र ३०० रुपैयाँले र बुधबार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।
तपाइँको प्रतिक्रिया