चितवनका पत्रकार रमेशकुमार पौडेललाई एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार

एटुजेड समाचार

चितवन – कान्तिपुर दैनिकका पत्रकार रमेशकुमार पौडेल ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत भएका छन् ।

एक्सपर्टको २० औं वार्षिकोत्सव समारोहको अवसरमा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा पौडेललाई नगद २५ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारी लगायतले दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् ।

विसं. २०३५ साल भदौं २२ गते चितवनको नारायणगढमा जन्मिएका पत्रकार पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायिक पत्रकारिता सुरु गरेका हुन् । २०६६ सालदेखि नागरिक दैनिकमा आवद्ध भएका पौडेल २०७४ साल फागुन यता भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू