नारायणगढ–मुग्लिन सडकमा राष्ट्रिय स्वतन्त्र पार्टीले खटायो र्यापिड एक्सन टिम
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीले वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकमा र्यापिड एक्सन टिम (आरएटी) खटाएको छ ।
पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको पार्टीले जनाएको छ ।
र्यापिड एक्सन टिममा ५० जना स्वयमसेवक रहेको रास्वपा सभापति रवि लामिछानेको स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । ट्राफिक प्रहरीसँग समन्वय गर्दै यातायात व्यवस्थापनमा पनि टिमले सहयोग गरिरहेको उनले बताए ।
मंगलबार कालिखोला र टोपे खोलालगायत विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । अहिले सडक पूर्ण रुपमा सञ्चालनमा छ ।
फोटो : मुग्लिन बजार
तपाइँको प्रतिक्रिया