चितवनमा पनि लन्च भयो सुजुकी जिम्नी र फ्रोन्क्स: शोरुममा गइ टेस्ट ड्राइभ गर्न सकिने

चितवन – नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको सुजुकीका एसयूभीहरु जिम्नी र फ्रोन्क्स देशैभरी एकै दिन लन्च भएका छन । सुजुकी ब्राण्डको चारपाङ्ग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वि इन्टरनेशनल प्रा. लि. ले पनि एक कार्यक्रमको आयोजना गरि उक्त गाडी लन्च गरेको हो ।
गाडी लन्च भए सङ्गै ग्राहकहरुले शोरुमबाट उक्त दुइ एसयूभीको टेस्ट ड्राइभ पनि गर्न सक्ने आधिकारिक डिलर साध्वि इन्टरनेशनल प्रा. लि. ले जनाएको छ। । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी हाल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले दुई मोडलका गाडीहरुको बुकिङ २९ असारदेखिनै खुल्ला गरेको थियो । आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार रुपैयाँदेखि ६४ लाख रुपैयाँसम्म छ भने फ्रोन्स्कको सुरुवाती मूल्य ३९ लाख ९९ हजार देखि ४२ लाख रुपैयाँसम्म रहेको साध्वी इन्टरनेशनल प्रालिका महाप्रबन्धक सुरजराज जोशीले बताए ।
५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित एस्युभीमध्ये एक हो । यो मोडेललाई विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको कम्पनीका सल्लाहकार लाल प्रसाद बरालले जाकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथी एवम् चितवन अटोमोबाइल डिलर एसोशियसनका अध्यक्ष राजन पियाले चितवनमा अटो लाइनको बिगतदेखि वर्तमानसम्म आइपुग्दाको अवस्था, चुनौती र राज्यको नितिका कारण अटो क्षेत्रमा परेको असहज परिस्थितिको बारेमा बताउदै यस क्षेत्रको वृत्ति बिकासका लागि राज्यले खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिएका थिए ।
तपाइँको प्रतिक्रिया