चितवन – चितवनको मनकामना अस्पतालमा गएराती तीन महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ ।
भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो थियो ।
सहमती अनुसार अस्पतालले गल्ती स्वीकारदै पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि आफन्तले बताए । ‘सुरुमा आफन्तले ४० लाख डिमाण्ड गरेको थियो, अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । पछि २७ लाख ५० हजारमा सहमती भयो, स्रोतले भन्यो ।’ चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै दिनभर अस्पताल घेराउ गरेका थिए ।
आज दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।