क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका ज्ञानेन्द्र मल्ल पुगे बेलायत

एटुजेड समाचार

काठमाडौं –  राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बेलायत पुगेका छन् । उनले शुक्रवार मात्रै सन्न्यासको घोषणा गरेका थिए ।

दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि उनी बेलायत गएका हुन् । अगष्ट ६ बाट हुने प्रतियोगितामा मल्ल विशेष अतिथिका रूपमा सहभागी हुँदैछन् ।

मल्लले यूकेमा रहेका नेपालीहरुबीच हातेमालो गर्दै क्रिकेटको लागि केही योगदान गर्न पाउनु खुसीको कुरा भएको बताए ।

लिगको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्स रहेको छ । यस प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

विजेता टिमलाई २५५० पाउण्ड र दोस्रो हुनेलाई १००० पाउन्ड नगद तथा ट्रफी दिने बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू